अडियो न्युज

कोरोनाका कारण वित्तिय क्षेत्रमा समस्या भईसकेको छैन : कार्यवहाक गर्भनर शिवाकोटी

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

राष्ट्रवैंकका कार्यवहाक गर्भनर चिन्तामणी शिवाकोटीले कोभिड १९ बाट वित्तिय क्षेत्रमा प्रभाव परिनसकेको बताउनुभएको छ ।

वित्तिय क्षेत्रलाई कोभिड १९ बाट जोगाउन विभिन्न परिपत्र जारी गरेको भन्दै कार्यवहाक गर्भनर शिवाकोटीले बजारमा तरलता समस्या समेत नरहेको दावी गर्नुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेड लाईनर्समा विहान कुरा गर्दै उहाले बाणिज्य बैंकहरुको अनिवार्य मौज्दातको सिमामा कटौती, पुर्नकर्जामा सहुलियत, समयमै तिर्न चाहने उद्योगी व्यवसायीलाई ब्याजमा १० प्रतिशत छुट जस्ता निर्णयले वित्तय क्षेत्र तत्काल प्रभावित नहुने बताउनुभएको हो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :