अडियो न्युज

नेतृत्वकै समस्याले नेकपा बदनाम भयो : नेता बेदुराम भुषाल

- रेडियो कान्तिपुर संवाददाता

The Headliners | Journalist Prakash | 4 November 2020 | 19 Kartik 2077

नेपाल कम्युनिष्ट पार्टी नेकपाको शीर्ष नेतृत्वमा देखिएको विवाद र समस्याले पार्टीलाई नै बदनाम बनाएको स्थायी समिती सदस्य बेदुराम भुषालले बताउनुभएको छ । झण्डै २ तिहाई नजिक रहेको सरकारले पनि जनअपेक्षा अनुसार काम गर्न नसक्दा पार्टीकै भविश्य अप्ठेरोमा परेको उहाँको भनाई थियो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै यो अवस्था तत्काल नसच्याए भोलीका दिनमा पार्टीले नै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो । व्यक्तिबादी प्रवृती हाबी हुदै जादाँ पार्टी नै समस्यामा परेको भुषालको जिकिर थियो ।