अडियो न्युज

“कोरोनाको समयमा विद्यालय बन्द गर्दा सरकारले गलत निर्णय गरेको छ”

- रेडियो कान्तिपुर संवाददाता

शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइरालाले कोरोना संक्रमण बढेपछि माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने सरकारको निर्णय सही नभएका बताएका छन् । संविधान अनुसार विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहको भएपनि केन्द्रको निर्णयले स्कूल बन्द गर्नु एकोहोरो बुद्धिको परिणाम भएको कोइरालाको भनाइ छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज विहान बोल्दै उनले स्थानीय तहलाई विद्यालय बन्द गर्ने निर्णय दिएको भए शिक्षकहरुले विकल्प दिन सक्ने अवस्था सृजना हुने बताए । वैकल्पिक शिक्षा नभई अब पुरक शिक्षामा ध्यान दिनुपर्ने कोइरालाको सुझाव छ ।