अडियो न्युज

केही समस्या भएपनि छिट्टै मन्त्रीमण्डल हेरफेर हुन्छ - मेटमणि चौधरी

- रेडियो कान्तिपुर संवाददाताkathmandu

एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले केही समस्या देखिएपनि केही दिनभित्र मन्त्रीमण्डलमा हेरफेर हुने बताएका छन् । एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री परिवर्तनका लागि सिफारिस भएपनि गठबन्धन दलका नेताहरुले तत्काल मन्त्रीमण्डल विस्तार नगर्ने सहमति गरेका बेला नेता चौधरीले अबको केही दिनभित्र मन्त्री फेरिने बताए । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै उनले लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने लगायत गृहकार्यका कारण मन्त्रीमण्डल हेरफेर रोकिएको बताए । उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै मन्त्री फेर्ने निर्णयमा एकीकृत समाजवादीबाट अहिले मन्त्री भएका नेताले अरु दलका नेतालाई भेटेर मन्त्रीमण्डल हेरफेर हुन नदिनु “अनैतिक” हुने बताए ।