अडियो न्युज

कानुन अभावमा कर्मचारी ब्यवस्थापन चुनौतीपूर्ण : भट्टराई

- रेडियो कान्तिपुर संवाददाताkathmandu

मुलुक संघीय प्रणाली संरचनामा जाँदा मुलुकको कर्मचारी ब्यवस्थापनलाई समान अवसर सहितको बनाउन आवश्यक रहेको पूर्व सचिव पूर्णचन्द्र भट्टराईले बताउनुभयो । स्थानिय र प्रदेश तहका कर्मचारीलाई निजामति सेवा ऐनको अभावमा समान अवसर दिन नसक्दा कर्मचारीको मनोबल उच्च पार्न नसकिएको भट्टराईको भनाई छ