अडियो न्युज

बैंकहरुसंग पैसा नभएको हैन, तर ऋण दिनेबेलामा सोच्नुपर्ने अवस्था छ - ज्ञवाली

- रेडियो कान्तिपुर संवाददाताkathmandu

वीत्तीय जानकार एवं बैंकर मनोज ज्ञवालीले बैंक तथा वीत्तीय संस्थामा लगानी योग्य रकम तरलता अभाव नरहेको बताउनुभएको छ । तरलता अभाव नभएपनि ऋण प्रवाह गर्नुपर्ने बेलामा भने गम्भिर भएर सोच्नुपर्ने बेला आएको बताउनुभएको हो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै ज्ञवालीली पुँजिगत खर्चमा सुधार र रेमिट्यान्स वृद्धि हुने हो भने वीत्तीय क्षेत्रमा छिट्टै सुधार आउने दावी गर्नुभयो ।