अडियो न्युज

नेतृत्वमा भएको संकटले संविधान र लोकतन्त्रमाथि प्रश्न उठेका हुन् : केशव दाहाल

- रेडियो कान्तिपुर संवाददाताkathmandu

लेखक तथा विश्लेषक केशव दाहालले संविधान जारी भएको ७ बर्षमा राजनीतिक नेतृत्व र प्रणालीमा देखिएको संकटले संविधान र लोकतन्त्रमाथि प्रश्न उठेको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र उन्नत व्यवस्था भएपनि दलहरुको व्यवहारका कारण असन्तुष्टी बढाएको उनले चर्चा गरे । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै दाहालले दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको ओज र मर्यादा बुझ्न नसकेको बताए ।