अडियो न्युज

राप्रपा तत्काल सरकारमा जाँदैन : अध्यक्ष लिङदेन

- रेडियो कान्तिपुर संवाददाताkathmandu

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी सरकारमा तत्काल नजाने बताउनुभएको छ । जनमत प्रतिपक्षमै रहने आएकोले सरकारमा जाने विषयमा तत्काल योजना नरहेको अध्यक्ष लिङदेनको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दि हेडलाईनर्समा विहान कुरा गर्दै अध्यक्ष लिङदेनले प्रतिपक्षमा रहेर सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई निरन्तरता दिने बताउनुभयो । आफ्नो पार्टी बहुमत र अल्पमतको खेलमा नलाग्ने अध्यक्ष लिङदेनको भनाई छ ।