अडियो न्युज

राजनीतिमा महिलाको सहभागितामात्रै हैन रुपान्तरण र नेतृत्वमा महिला स्थापित गर्नुपर्छ : कोपिला रिजाल, लैङ्गिक तथा सामाजिक समावेशीकरण विज्ञ

- रेडियो कान्तिपुर संवाददाताkathmandu

लैङ्गिक तथा सामाजिक समावेशीकरण विज्ञ कोपिला रिजालले राजनीतिमा महिला सहभागितामात्रै बढाएर नपुग्ने बरु रुपान्तरण र उनीहरुको आर्थिक सबलीकरणमा पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले महिलालाई अघि बढ्न नदिने पित्तृ सत्तात्मक सोच सबैजसो राजनीतिक दल र तिनका नेतृत्वमा हावी भएको उल्लेख गर्नुभयो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १ सय ६५ सिटमा मात्रै ९ जना महिला उम्मेदवार निर्वाचित हुने परिस्थिति सिर्जना हुनु नै दुर्भाग्य भएको रिजालको कथन थियो । समानुपातिकबाट नपुगेको महिला संख्याको सोधभर्ना गरिने भए पनि प्रत्यक्षतर्फ नै महिलाको उम्मेदवारी बढाउनेतर्फ सोच्नपर्ने बेला आएको उहाँले उल्लेख गर्नुभयो । महिला सहभागितालाई पनि समानुपातिकतर्फ आपूm निकटका र नातेदार व्यवस्थापन गर्ने थलोको रुपमा उपयोग गरिन थालेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । राजनीतिमा महिला हिंसाको जरो तलैसम्म रहेकाले संसदमा जस्तै बाध्यकारी कानून बनाउन जरुरी रहेको रिजालले बताउनुभयो ।