अडियो न्युज

आजका मुख्य समाचारः २०८१ कार्तिक ०७

- केएफएम डेस्ककाठमाडौं

 एक सय दिनभित्र प्रतिवद्धता अनुसार ७० प्रतिशत काम गरेको प्रधानमन्त्री ओलीको दावी, भ्रष्टाचारीको संरक्षणमा सरकार केन्द्रीत भएको प्रतिपक्षी माओवादी केन्द्रको आरोप

 सहकारी ठगी प्रकरणमा सभापति लामिछानेविरुद्ध कानूनी प्रक्रिया अघि बढेका बेला रास्वपाले गरेको प्रदर्शनलाई लिएर सत्तारुढ दलहरुको आपत्ति, आफूहरुलाई भड्काउन खोजिएको पोखराका सहकारी पीडितको गुनासो

सार्वजनिक यातायातको विकल्पका रुपमा आएको पोडवे सञ्चालन बजेटमा समावेश भएपनि कार्यन्वयन हुन सकेन, सम्भाव्यता अध्ययन र लगानीको स्रोतबारे अन्यौल कायमै

१६ औँ ब्रिक्स सम्मेलनमा सहभागि हुन कजाकस्तान पुगेका भारतीय प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सीबीच भेटवार्ता हुँदै

साफ महिला च्याम्पियनसिप फुटबलमा बंगलादेश र भारतबीच प्रतिस्पर्धा जारी