अडियो न्युज

आजका मुख्य समाचारः २०८१ कार्तिक २९

- केएफएम डेस्ककाठमाडौं

👉🏻 जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न व्यक्त गरिएका प्रतिबद्धताहरु पूरा गर्न सबै विकसित मुलुकहरुलाई राष्ट्रपति पौडेलको आग्रह, नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरेपनि जलवायु परिवर्तनको ठूलो प्रभाव ब्यहोरिरहेको भनाई

👉🏻 संरचना, संघीयता र मानसिकता केन्द्रीकृत हुँदा प्रदेश सरकारमाथि प्रश्न उठेको मुख्यमन्त्रीहरुको भनाई, संसद् र संघीय सरकारले संविधानअनुरूप कानुन निर्माण नगर्दा र प्रदेशलाई अधिकार नदिँदा प्रदेश सरकारको आलोचना भएको गुनासो

👉🏻 चिसो सुरु भएसँगै संक्रामक रोगको जोखिम बढ्दो, दैनिकी र खानपानमा बढी ध्यान दिन चिकित्सकहरुको सुझाव

👉🏻 सहकारी ठगी, संगठित अपराध कसुरमा अनुसन्धानकालागि कास्कीबाट रुपन्देही लगिएका रास्वापा सभापति लामिछानेसँगको बयान सकियो, आजै पोखरा लगिँदै

👉🏻 श्रीलंकामा सम्पन्न संसदीय निर्वाचनमा झण्डै ६५ प्रतिशत मतदान

👉🏻 आईसीसी यू–१९ महिला टी–ट्वेन्टी विश्वकपमा छनोट भएका राष्ट्रिय टिमका खेलाडीलाई साढे २ लाख नगदसहित सम्मान गर्ने क्यानको घोषणा