आजका मुख्य समाचारः २०८१ मंसिर १५
- काठमाडौंभूराजनीतिको दवाव बढिरहँदा छिमेकी र मित्र राष्ट्रसँग सन्तुलित कुटनीतिको आवश्यकता, काँग्रेस र एमाले सम्मिलित सरकारलाई समस्या समाधान गर्ने अवसर प्राप्त
बीआरआई अन्तर्गतका योजनाहरू नेपालमा अनुदान स्वरुप अघि बढाउन चीन सकारात्मक भएको परराष्ट्र मन्त्री राणाको भनाई, विवाद गर्न आवश्यक नभएको पूर्वप्रधानमन्त्री खनालको टिप्पणी
भोलि हुने स्थानीय तहको उपनिर्वाचनको तयारी पूरा, निर्धक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह
सिरियाको दोस्रो ठूलो सहर एलेप्पो शहरका अधिकांश भाग विद्रोहीको नियन्त्रणमा, मुख्य सडकहरु बन्द
र
एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्सको विजयी शुरुवात्, उद्घाटन खेलमा विराटनगर किङ्ग्स ८ विकेटले पराजित