अडियो न्युज

आजका मुख्य समाचारः २०८१ मंसिर २८

- केएफएम डेस्ककाठमाडौं

जलवायु परिवर्तनको असरले पानीका स्रोतहरुमा कम हुँदै जाँदा कतिपय जिल्लामा जनजीवन प्रभावित, कृषि उत्पादन समेत घटेको एक अध्ययनको निष्कर्ष

सत्ता केन्द्रीत नभई जनतामा जानुपर्ने प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको निष्कर्ष, दुई दलीय व्यवस्थालाई खण्डित गरेको टिप्पणी

स्वास्थ्यकर्मीहरुलाई तोकिएको न्यूनतम पारिश्रमीक उपलब्ध गराउन स्वास्थ्य संस्थाहरुलाई सरकारको निर्देशन, स्वयंसेवकका रुपमा काम नलगाउन आग्रह

युक्रेनको पूर्वाधारलाई लक्षित गर्दै रुसद्वारा आक्रमण तीब्र, ९३ वटा क्षेप्यास्त्र तथा २ सय ड्रोन प्रहार

नेपाल प्रिमियर लिग क्रिकेटमा विराटनगर किंग्स र कर्णाली याक्स विजयी, कर्णाली याक्सको प्लेअफ प्रवेशको सम्भावना बलियो