अडियो न्युज

आजका मुख्य समाचारः २०८१ पुस १४

- केएफएम डेस्ककाठमाडौं

राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धि अध्यादेश जारी, सहकारीको बचत फिर्ताका लागि विशेष व्यवस्था गरिँदै, सहकारी ठगीमा संलग्न कतिपय व्यक्तिलाई कारवाही प्रक्रिया अघि नबढाएको भन्दै आलोचना

कोरोना महामारीको समयमा बन्द भएको ताप्लेजुङस्थित नेपाल र चीनबीचको नाका अझै खु्ल्न सकेन, पटक–पटक वार्ता भएपनि समस्या समाधान हुन नसकेको सम्वद्ध अधिकारीको भनाइ

सर्वोच्च अदालत र उच्च अदालतमा महिला न्यायाधीशको नियुक्तिमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने महिला कानून व्यवसायीको माग, जिल्ला अदालतमा पारिवारिक इजलास र बाल इजलासमा सुधार गर्नुपर्ने सुझाव

दक्षिण कोरियाको मुआन विमानस्थलमा भएको विमान दुर्घटनामा कम्तिमा १ सय ७७ जनाको मृत्यु, दुई जनाको उद्धार

अस्ट्रेलिया र भारतबीचको चौथो टेस्ट रोमाञ्चक मोडमा, एक दिनको खेल बाँकी छँदा अस्ट्रेलियालाई ३ सय ३३ रनको अग्रता