आजका मुख्य समाचारः २०८१ पुस २५
- काठमाडौंसहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री लामिछानेलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतको आदेश, ६५ लाख रुपैयाँ धरौटी माग
संविधान संशोधनको सन्दर्भमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति सत्तारुढ काँग्रेसका नेताहरुको असन्तुष्टी, एमालेद्वारा भने बचाउ
आगामी माघ १ गते देखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र चाहिने
चीनको तिब्बतमा भूकम्पपछि ४५ हजार बढी नागरिकलाई अस्थायी आवासमा स्थानान्तरण
र
पछिल्लो समय नेपालमा क्रिकेटका गतिविधि चलायमान हुँदै, क्रिकेटको विकास र नयाँ खेलाडी उत्पादनमा फलदायी हुुने अपेक्षा