अडियो न्युज

आजका मुख्य समाचारः २०८१ माघ १६

- केएफएम डेस्ककाठमाडौं

सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई लिएर विरोध बढ्दै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने भन्दै पत्रकार महासंघको आपत्ति

पार्टी राजनीतिमा फर्किने पूर्व राष्ट्रपति विद्या भण्डारीको योजनाप्रति एमालेका नेताको विमत्ति, उपमहासचिव ज्ञवाली भन्नुहुन्छ–“राष्ट्राध्यक्ष भइसकेको व्यक्ति कार्यकारी भूमिकामा फर्किनु उचित होइन”

विपद् व्यवस्थापनमा सुरक्षा निकायलाई स्रोत साधन र उपकरण अभाव, प्रभावकारी काम गर्न अप्ठ्यारो भएको गुनासो

भारतको उत्तर प्रदेशस्थित महाकुम्भ मेलामा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ४० पुग्यो

एन्फा महिला लिग फुटबलको उपाधि एपीएफलाई, फाइनलमा नेपाल पुलिस क्लब पराजित