अडियो न्युज

आजका मुख्य समाचारः २०८१ माघ २१

- केएफएम डेस्ककाठमाडौं

संविधान संसोधन प्रक्रिया शुरु नहुँदा सत्तारुढ दलको आलोचना, सत्ताका लागि राजनीति अस्त्र बनाएको विपक्षीको आरोप

पाथीभरामा केबुलकार निर्माणबारे उत्पन्न विवादपछि गृह मन्त्रालयद्वारा गठित वार्ता समितिले समस्या हल गर्न नसक्ने आन्दोलनरत समूहको टिप्पणी, चार सदस्यीय वार्ता सहजीकरण समिति गठन

नेपालमा अवसर छैन भन्ने भाष्यको पछाडी नलाग्न युवा वर्गलाई प्रधानमन्त्री ओलीको आग्रह, प्रविधिको प्रयोग र विकासबाट मुलुक अगाडी बढ्न सक्ने दावी

अमेरिकी राष्ट्रपति ट्रम्पका विश्वासपात्र एलन मस्क अन्तराष्ट्रिय विकास नियोग युएसएडविरुद्ध आक्रामक, आपराधिक संस्था भएको भन्दै विरोधमा लगातार टिप्पणी

नेपाली क्रिकेटर पूजा महतो यु–१९ महिला विश्वकपको उत्कृष्ट १२ खेलाडीको सूचिमा पर्न सफल