अडियो न्युज

आजका मुख्य समाचारः २०८१ माघ २३

- केएफएम डेस्ककाठमाडौं

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापनाका लागि कानून निर्माणको प्रक्रिया शुरु, डिएनए डाटा बैंक खोल्ने प्रस्तावसहित ल्याइएको विधेयक राष्ट्रिय सभामा दर्ता

६ महिनाको अवधिमा सरकारले देखिने गरी काम नगरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री गुरुङद्वारा स्वीकार, निर्वाचन प्रणाली फेर्नुपर्ने माग उचित नभएको भनाई

साहारा सहकारीको बचत ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा थुनछेक बहस शुरु, पूर्व मन्त्री लामिछानेलाई फेरि प्रहरीको जिम्मा लगाइयो

गजापट्टीलाई नियन्त्रणमा राख्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणालाई लिएर अन्य देशको आपत्ति, अमेरिकाबाट अवैध भारतीय आप्रवासी फिर्ता ल्याउन शुरु

नेपाल त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजको आफ्नो पाँचौँ खेलमा पनि पराजित