अडियो न्युज

आजका मुख्य समाचारः २०८१ फागुन ०४

- केएफएम डेस्ककाठमाडौं

नेपालमा धर्म परिवर्तनका लागि अमेरिकाले दिएको भनिएको रकमबारे छानविन गर्न प्रतिपक्षी राप्रपाको माग, अमेरिकी सरकारद्वारा नेपालमा वित्तिय संघीयता र जैविक विविधतासम्वन्धि परियोजनाको अनुदान रद्द

विश्वव्यापी भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको अवस्था खस्किँदै, सुशासनको नारा बोलीमै सीमित हुँदा समस्या बल्झिएको विज्ञहरुको टिप्पणी

सत्ता गठबन्धनमा आवद्द दलहरुबीच शङ्का–उपशङ्का गर्न जरुरी नभएको प्रधानमन्त्री ओलीको भनाई, अर्थतन्त्रलाई लयमा फर्काउन विभिन्न विकल्पमा काम भइरहेको दाबी

 रुस–युक्रेन युद्ध रोक्न अमेरिकी र रुसी अधिकारीबीच साउदी अरेबियामा वार्ता गर्ने तयारी

 चार टोली सहभागी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल भोलि काठमाडौंमा शुरु हुँदै, उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीको विश्वास