अडियो न्युज

आजका मुख्य समाचारः २०८१ फागुन ०५

- केएफएम डेस्ककाठमाडौं

भारतको प्रयागराजबाट कुम्भमेलामा स्नान गरेर फर्किँदै गर्दा सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु, ५ जना घाइते

संघीय संसदमा अस्वाभाविक र असामान्य घटनामा वृद्धि, जननिर्वाचित थलोको मर्यादा र गरिमालाई असर पार्ने चिन्ता

म्याग्दीको वेनीस्थित कुमारी सहकारीका ४ सय बढी बचतकताद्वारा झन्डै ५० करोड रुपैयाँ रकम फिर्ता गर्न माग, रकम अपचलनमा ५ जनामाथि अनुसन्धान जारी

युक्रेनमा युद्ध अन्त्य गर्ने शान्ति वार्तामा युरोपेली संघको कुनै भूमिका नरहेको रुसी विदेशमन्त्रीको भनाई

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियसिप काठमाडौँमा सुरु, उद्घाटन खेलमा म्यानमार विजयी