अडियो न्युज

आजका मुख्य समाचारः २०८१ फागुन ०९

- केएफएम डेस्ककाठमाडौं

सम्पत्ति शुद्धिकरणको मामिला अनुगमन गर्ने अन्तराष्ट्रिय संस्थाको बैठक आज सकिँदै, नेपाल जोखिमयुक्त सूचिमा पर्ने वा नपर्ने टुङ्गो लाग्ने

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको समूहलाई वार्तामा आउन सरकारी टोलीको आग्रह, समस्या समाधानका लागि तयार रहेको भनाइ

नेपाली खेलकुदमा फ्रेन्चाइजको लहर र निजी क्षेत्रको लगानी बढ्दै जाँदा खेलाडीलाई आर्थिक लाभ, दीगोपनलाई लिएर भने प्रश्न

ओडिसा राज्यको कलिङ्गा विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनामा भारत सरकारद्वारा दुःख व्यक्त, अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षाका लागि प्रतिवद्ध रहेको विदेश मन्त्रालयको भनाइ

चर्च व्वाइज युनाइटेड बागमती गोल्डकप राष्ट्रिय फुटबलको फाइनलमा प्रवेश, सेमिफाइनलमा एपीएफ पराजित