अडियो न्युज

आजका मुख्य समाचार २०८१ फागुन १२

- केएफएम डेस्ककाठमाडौं

सशस्त्र प्रहरीसम्वन्धि विधेयकमाथि प्रतिनिधिसभामा छलफल शुरु, सङ्गठनको भूमिका स्पष्ट हुने गरी कानून बनाउन सांसदहरुको आग्रह

सम्पत्ति शुद्धिकरणको मामिलामा नेपाल जोखिमयुक्त देशको सूचिमा परेपछि त्यसको असरलाई लिएर व्यापक बहस, सुविचारित ढङ्गमा काम गर्न सके ग्रे लिष्टबाट हट्न सकिने विज्ञहरुको सुझाव

युएसएडको अनुदान नआउने भएपछि नेपालमा थप तीन वटा कार्यक्रम प्रभावित, सम्झौता हुन बाँकी भएकाले कुनै सहयोग प्राप्त नभएको अर्थमन्त्रालयको भनाइ

युरोपप्रति अमेरिका उदासिन भएको जर्मनीको पहिलो दलका नेताको टिप्पणी, मुलुकमा शान्ति ल्याउन पद छाड्न तयार रहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको दावी

आयोजक टोली र त्रिभुवन आर्मी केपी ओली कप फुटवलको सेमिफाइनलमा प्रवेश