अडियो न्युज

आजका मुख्य समाचारः २०८१ फागुन १४

- केएफएम डेस्ककाठमाडौं

काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया छिटो टुङ्गो लगाउन विश्वविद्यालयका पदाधिकारीहरुकै माग, ढिलाइ हुँदा समितिको कार्यक्षमता र निष्पक्षतामाथि प्रश्न उठ्न थालेको टिप्पणी

महाशिवरात्रि पर्व देशभरका शिवालयमा पूजा, आराधना गरी मनाइँदै, नेपाली सेना दिवस पनि मनाइयो

भारतको ओडिसास्थित कलिङ्गा विश्वविद्यालयको घटनापछि नेपाली विद्यार्थीको सुरक्षाको बिषयलाई चासो, एनओसी नलिई विदेश पढ्न जाने प्रवृत्ति भने अझै रोकिएन

गोल्ड कार्ड भिसा बाँड्ने अमेरिकाको तयारी, कार्ड खरिदका लागि ५० लाख अमेरिकी डलर तिनुपर्ने

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र म्यानमारबीच प्रतिस्पर्धा जारी