आजका मुख्य समाचारः २०८१ फागुन १६
- काठमाडौंसबैजसो दलहरु स्थानीय स्तरका गतिविधिमा व्यस्त, राजनीतिप्रति आम नागरिकको वितृष्णा र असन्तुुष्टीमा भने ध्यान गएन
प्रधानमन्त्री ओली विधि र संविधान मिच्न उद्दत भएको एकीकृत समाजवादीका अध्यक्ष नेपालको आरोप, भूमिसम्बन्धी अध्यादेशका विषयमा सासंद किनबेच हुन लागेको जसपा नेपालका अध्यक्ष यादवको भनाइ
विपिन जोशीको वास्तविक अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको परराष्ट्रमन्त्री राणाको भनाइ, सरकारी तवरबाट पहल भइरहेको जीकिर
लामो खडेरीपछि सुदूरपश्चिममा वर्षा र हिमपात, हिउँदेबालीका लागि ठूलो राहत, जयपृथ्वी राजमार्ग अवरुद्ध
आफ्नो मुलुकमाथि अमेरिकाले थप १० प्रतिशत कर लगाउने भएपछि चीन असन्तुष्ट
र
झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक भद्रपुर ब्लेजर्सलाई, झापा–११, २–० गोलले पराजित