अडियो न्युज

आजका मुख्य समाचारः २०८१ चैत २८, साँझ ०६ः३० बजे

- केएफएम डेस्ककाठमाडौं

सहकारी ठगी लगायत मुद्दामा सभापति रवि लामिछाने जेल चलान भएपछि रास्वपालाई धक्का, पार्टीको महाधिवेशन र जनयात्रालाई असर पार्ने सङ्केत

सरकारलाई बाध्य पार्न आन्दोलन गर्नु नपर्ने प्रधानमन्त्री ओलीको भनाइ, अपेक्षा अनुसार सरकारले काम नगरेको सत्तारुढ कांग्रेसका महामन्त्री थापाको टिप्पणी

वरिष्ठ अधिवक्ता विजय मिश्रको नेतृत्वमा नेपाल बार एशोसिएशनको नयाँ कार्यसमिति चयन, स्वच्छ न्यायपालिका र पेशागत हकहितका लागि निर्वाचित पदाधिकारीको प्रतिवद्धता

व्यापार साझेदार बन्ने चीनको प्रस्ताव अष्ट्रेलियाद्वारा अस्वीकार, तत्काल साझेदार बन्न नसकिने जवाफ

नेपाल सुपर लिग फुटबलमा एफसी चितवन र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा जारी