अडियो न्युज

आजका मुख्य समाचारः २०८२ बैशाख ०३ साँझ ०६ः ३० बजे

- केएफएम डेस्ककाठमाडौं

संघीय संसद्को नयाँ अधिवेशन आगामी वैशाख १२ गते शुरु हुने, आन्दोलनरत शिक्षकको माग सम्वोधन गर्ने गरी सरकार अघि बढेको शिक्षामन्त्री भट्टराईको भनाइ

एक वर्ष नबित्दै सरकार परिवर्तनको चर्चाले राजनीतिक वृत्त तरङ्गित, सत्तारुढ कंग्रेसभित्र असन्तुष्टी बढेपनि सभापति देउवाले नचाहेसम्म गठबन्धन नभत्किने आँकलन

मेडिकल कलेजमा विद्यार्थी भर्नाको सिट संख्या र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन, १० दिनभित्र राय सुझाव पेस गर्नुपर्ने जिम्मेवारी

भारतमा वित्तीय अपराध एजेन्सीले वरिष्ठ नेता सोनिया गान्धी र राहुल गान्धीलाई घोटालाको आरोप लगाएपछि विपक्षी कङ्ग्रेस आइको असन्तुष्टि

यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित