आजका मुख्य समाचारः २०८२ बैशाख ०४, साँझ ०६ः ३० बजे
- काठमाडौंसरकारद्वारा आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्वन्धि ऐन लागू, आयोडिनबाट सिर्जित स्वास्थ्य समस्या समाधानका लागि कानूनी बाटो खुल्यो
गठबन्धन दलहरुबीच समन्वय र सन्तुलन आवश्यक भएको सत्तारुढ कांग्रेसको निष्कर्ष, तत्काल सरकारमा जान हतारो नभएको माओवादी केन्द्रका अध्यक्ष दाहालको दावी
संक्रमणकालिन न्यायसम्वन्धि आयोगका पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढेपनि परिपूरणसहित न्याय पाउनेमा पीडितको आशंका कायमै, जघन्य अपराधमा माफी नहुने प्रधानमन्त्री ओलीको भनाइ
दुई साताभित्र पाकिस्तानद्वारा ६० हजार अफगानी नागरिकलाई जबरजस्ती देश निकाला, प्रभावित परिवारलाई वेवास्ता नगर्न अन्तर्राष्ट्रिय आप्रवासन संगठनको आग्रह
र
नेपाल सुपर लिग फुटबलमा लिग चरणको अन्तिम खेलमा धनगढी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा जारी