अडियो न्युज

आजका मुख्य समाचारः २०८२ बैशाख ०८, साँझ ०६ः ३० बजे

- केएफएम डेस्क काठमाडौं

शिक्षकको आन्दोलन जारी रहँदा शिक्षामन्त्री भट्टराईद्वारा पदबाट राजिनामा, शिक्षक आन्दोलनको औचित्य नभएको प्रधानमन्त्री ओलीको टिप्पणी

धनकुटाको महालक्ष्मी नगरपालिकाद्वारा नगरभित्र निजी विद्यालयका सवारी साधनलाई रोक, अन्य स्थानीय तहका निजी विद्यालयले विद्यार्थी लैजान थालेको गुनासोपछि रोक लगाइएको प्रष्टीकरण

पाथीभरा दर्शन गर्न जाँदै गरेका यात्रु सवार जिपमा बिजुलीको तारले छुँदा करेन्ट लागेर ४ जनाको मृत्यु, घाइते दुई जनाको काठमाडौंमा उपचार हुँदै

रोमन क्याथलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

नवौँ पटक विश्वकप खेल्ने नेपाली यू–१९ क्रिकेट टोलीको चाहना पुरा नभएपछि क्रिकेटको पूर्वाधारमाथि प्रश्नचिन्ह खडा