अडियो न्युज

एमालेका जिल्ला अधिवेशनका क्रममा लगातार झडप र तोडफोड

- खिलनाथ ताजपुरिया काठमाडौं

पछिल्लो साता सत्तारुढ एमालेका जिल्ला तह र संगठनका अधिवेशनमा झडप र कुटपिट जस्ता घटना भएका छन् । वैचारिक बहस भन्दा पनि नेतृत्व चयनमा गुट–उपगुटले प्रश्रय पाउँदा विभिन्न जिल्लामा नेता कार्यकर्ताबीच कुटपिट र तोडफोडका घटना भएको हो । 

केन्द्रीय नेताले आफू अनुकूल व्यक्तिलाई नेतृत्व ल्याउन खोज्दा र आन्तरिक लोकतन्त्रको विधिलाई अस्वीकार गर्दा यस्ता घटना भएको भन्दै एमाले वृत्तमा चिन्ता व्यक्त भएको छ ।