अडियो न्युज

आगामी बजेटले नागरिकमा आशा जगाउनेछ : प्रा.डा. शिवराज अधिकारी

- सुरज राजथलाकाठमाडौं

सरकारले यही जेठ १५ मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदैछ । आगामी आर्थिक वर्षको बजेट लेखनको काम लगभग अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयले जनाएको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि करीब १९ खर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तोकेको छ । पूर्वनिर्धारित सिलिङ र आगामी वर्ष आवश्यक पर्ने अनिवार्य दायित्वका लागि स्रोत सुनिश्चित गरेर मात्र बजेट तर्जुमा गर्न राष्ट्रिय योजना आयोगले सुझाएको छ । तर, आयोगको सुझाव कमै मात्र बजेटमा समेटिने गरेका छन् । योजना आयोगको सुझाव अनुसार किन बजेट आउँदैन ? आज हामी सोही विषयमा केन्द्रित भएर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारसँग संवाद गर्दैछौं ।