अडियो न्युज

आजका मुख्य समाचारः २०८२ जेठ ०१, साँझ ०६ः३० बजे

- केएफएम डेस्ककाठमाडौं

टेरामक्स खरिदमा भ्रष्टाचार गरेको आरोपमा कांग्रेस नेता बस्नेतसहित १६ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर, गलत प्रतिवेदन तयार पारेर आर्थिक अनियमितता गरेको अख्तियारको भनाइ

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि तीन वटा अभियोगमा अनुसन्धान जारी, गलत रवैया अपनाएको भन्दै विभिन्न क्षेत्रबाट सरकारको आलोचना

गर्भनर नियुक्तिमा ढिलाइ भइरहँदा अर्को सिफारिस समिति गठन, केही दिनभित्र नियुक्ति हुने सरकारको दावी

गाजा क्षेत्रमा इजरायलको सैन्य कारबाहीमा परि एक सय भन्दा बढीको मृत्यु, प्यालेस्टाइनी नागरिकलाई सहर छाड्न आदेश

महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालद्वारा बहराइन ६ विकेटले पराजित