अडियो न्युज

आजका मुख्य समाचारः २०८२ जेठ ०३, साँझ ०६ः ३० बजे

- केएफएम डेस्ककाठमाडौं

संघीयता कार्यन्वयनपछि स्थानीय तहमा राम्रा काम भएपनि विकृति समेत झागिंदै, नियम विपरित रकम परिचालन गरेर अनियमितता गर्ने क्रम रोकिएन

मुलुकमा कुनै पनि प्रकारको संकट नरहेको प्रधानमन्त्री ओलीको दाबी, ३२ औँ स्मृति दिवसमा एमालेका तत्कालीन महासचिव भण्डारी र कुशल संगठक आश्रितको स्मरण

सगरमाथा क्षेत्रमा पर्यटकीय गतिविधि चलायमान बनाउन हेलिकप्टर सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकको भनाइ, व्यवसायीको समस्या समाधानका लागि कानुनी व्यवस्था गरिने

पाकिस्तानले आतंकवादी गतिविधि नरोकेसम्म सिन्धु जल सन्धि निलम्बन जारी राख्ने भारतको चेतावनी

भारत–पाकिस्तान विवादले रोकिएको इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलका खेल आजबाट सुरु हुँदै