आजका मुख्य समाचारः २०८२ जेठ ०४, साँझ ०६ः३० बजे
- काठमाडौंरसुवा भन्सार नाकाबाट भित्र्याइएको ७ किलो भन्दा बढी सुन बरामद, स्याउ बोक्ने कन्टेनरमा जाँचका क्रममा सुन भेटिएको स्थानीय प्रशासनको भनाइ
मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमार सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सर्लाहीको सागरनाथ वनमा विकास परियोजनाका नाममा सरकारी रकम दुरुपयोग
काठमाडौ घोषणापत्र जारी गर्दै सगरमाथा सम्वादको समापन, सम्वादले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा अभिवृद्धि भएको सरकारको दावी
युद्धविरामकालागि वार्ता भइरहेका बेला इजरायलद्वारा गाजा क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १ सय प्यालेस्टीनीको मृत्यु
र
आइपीएल क्रिकेटमा पञ्जाव किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा जारी