अडियो न्युज

आजका मुख्य समाचारः २०८२ जेठ २१, साँझ ०६ः ३० बजे

- केएफएम डेस्ककाठमाडौं

सहभागीबीच विवाद भएपछि राजावादी दल र समूहको बैठक बिथोलियो, आन्दोलनको स्वरुप परिवर्तन गर्दै काठमाडौं बाहिर कार्यक्रम गर्ने जनआन्दोलन समितिको भनाइ

हरेक जसो सरकारका मन्त्री विवादमा पर्ने क्रम रोकिएन, कोही भ्रष्टाचारमा दोषी, कोही मन्त्री सार्वजनिक अभिव्यक्तिका कारण पदमुक्त

पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गर्न सर्वोच्च अदालतको आदेश

भारतमा १६ वर्षको अन्तरालपछि जनगणना गर्ने तयारी, जातिगत संख्या समेत गणना गरिने

विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा जारी