कर्जा विस्तार बढाउन सरकारले खर्च वृद्धि गर्नुपर्छ : सुनिल केसी
- काठमाडौंदुई ठूला दल मिलेर गठबन्धनको सरकार बनेसकाले राजनीतिक स्थायित्व हुने, आर्थिक सुधारले प्राथमिकता पाउने र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिए पनि त्यसको संकेतसम्म पनि देखिएको छैन । सरकारी वित्तमा सुधार हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा अपेक्षित रुपमा कर्जा माग बढ्न सकेको छैन ।
नयाँ आर्थिक वर्षको सुरुवातसँगै बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम अर्थात अधिक तरलता झनै बढेको छ । गएको वर्ष ११ महिनासम्म औसत ६ खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम रहेकोमा असार मसान्तमा बढेर साढे १० खर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।
न्यून ब्याजदर हुँदा पनि कर्जा माग किन बढ्न सकेन ? आज हामी यी लगायत विषयमा केन्द्रित भएर वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष सुनिल केसीसँग कुराकानी गर्दैछौं ।