डोटी डायरी
- डोटीगत कार्तिक २२ गते गएको भूकम्पबाट बिस्थापीत परिवारले अहिलेसम्म बासस्थान पाउन सकेका छैनन् । विभिन्न संघसंस्थाले उपलब्ध गराएका त्रिपाल तथा टेन्टमा बूदै आएका पूर्वीचौकी गाउँपालिका—३ का स्थानीय चिसो मौषममा रात बिताउन बाध्य छन् । बृद्धबृद्धा, सुत्केरी महिला तथा बालबालिकालाई चिसोका कारण रुघाखोकी, निमोनिया जस्ता लक्षणहरु देखिन थालेका छन् । भूकम्प पीडीतहरुले यथाशिघ्र पुर्नस्थापनाको माग राख्दै आएपनि उनिको व्यवस्था हुन सकेको छैन ।
ऐतिहासिक स्थल कोटभैरब र धार्मिक स्थल दुधेश्वर मन्दिर जोड्ने झोलुंगे पुल बनेपछि डोटीको दिपायलमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ र ५ मा पर्ने झोलुंगे पुलबाट डोटी राजाको राजदरबार, सेती नदि तथा दिपायल सिलगढीका दृष्यहरु नियाल्न पाइने भएपछि आन्तरिक पर्यटकहरु बढेका हुन् । दिपायल सिलगढी नगरपालिकाले प्रदेश सरकारको सहयोगमा सो झोलुगे पुल ९६ लाख ३९ हजार रुपैंया लगानीमा बनाएको हो । थप पर्यटकहरुलाई आर्कषित गर्न डोटेली संग्रहालय, बञ्जीजम्ब जस्ता अन्य संरचना समेत बनाइने नगरप्रमुख बिजय खड्काले बताउनुभयो । प्रतियोगीतामा खेलका विभिन्न उत्कृष्ट खेलाडीहरुलाई समेत पुरुस्कार प्रदान गरिएको थियो ।
उत्पादन भएको अदुवाले उचित बजारमुल्य नपाउँदा डोटीका किसानहरु मर्कामा परेका छन् । जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका रनुकाँडा, बयालगाउँ, लाना, छेडा, घागल मानाकापडी क्षेत्र अदुवा उत्पादनको पकेट क्षेत्र हो । उचित मुल्य नपाउदा किसानहरु सुठो बनाउन बाध्य छन् । गत बर्ष प्रतिकेजीको ६० रुपैयाँसम्म पाएका किसानहरुले यसबर्ष प्रति केजीको ४० रुपैया पनि पाउन सकेका छैनन् । भारतीय व्यापारीहरु बर्षेनी अदुवा खरिदका लागि डोटी आउने गर्दछन् । तर यसपटक भारतमै अदुवाको राम्रो उत्पादन भएकाले ब्यापारीहरु खरिदका लागि नआएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताउनु भयो । उहाँले गत वर्ष १३ हजार दुई सय ११ मेट्रिक टन उत्पादन भएकोमा यसबर्ष १४ हजार मेट्रिकटन अदुवा उत्पादन भएको जानकारी दिनुभयो ।
जिल्लाकै ठुलो धनराशीको एसपीए कपल्लेकी पुरुष भलिबल शिल्डको उपाधी आदर्श गाउँपालिकाको टीमले जितेको छ । फाइनल खेलमा दिपायल सिलगढी नगरपालिकालाई हराउदै आदर्शले उपाधी चुमेको हो । आयोजक एसपीए कपल्लेकी शिल्ड प्रतियोगीता आयोजना समितिले यो भलिबल प्रतियोगीता सातौं पटक आयोजना गरेको हो । उपाधी संगै आदर्शले नगद १ लाख २५ हजार र टफी हात पारेको छ । उप बिजेता बनेको दिपायल सिलगढी नगरपालिकाले भने नगद ५१ हजार र ट्रफी पाएको थियो । तेस्रो स्थानका लागि शिखर नगरपालिका र बडीकेदार गाउँपालिका बिच भएको खेलमा शिखरले जितेको थियो । शिखर नगरपालिकाले २१ हजार नगद र ट्रफी जितेको थियो ।