जिल्ला डायरी

सुनसरी डायरी

- अर्जुन सुबेदी सुनसरी

कोशीटप्पु वन्यजन्तु आरक्षमा जंगली हात्ती जोगाउनै सकस भएको छ । आरक्ष आसपासका क्षेत्रमा स्थानीयले पटक पटक हात्तीलाई निशानामा पार्दा समेत हात्ती मर्नेक्रम नरोकिएपछी आरक्षको भुमिका माथी नै प्रश्न उठेको छ । आरक्षबाट बस्तीमा प्रवेश गरी मानवीय र भौतिक क्षति गरेको भन्दै स्थानियले हात्तीलाई पटक पटक निशानामा पर्ने गरेका छन । यसैक्रममा आज मात्र सुनसरीको बराहक्षेत्र स्थित सामुदायिक बनमा एउटा हात्ती मृत फेला परेको छ । बन्यजन्तुको संरक्षणको लागि भन्दै स्थापना गरिएको आरक्ष आसपासका क्षेत्रमा मृत फेला परेका हात्तीको बिषयमा नत प्रभावकारी अनुसन्धान नै हुने गरेको छ, नत कसैलाई कारबाही नै गरिएको छ । पछिल्लो दुई बर्षमा मात्र आरक्ष आसपासमा ५ वटा हात्ती बिद्युतीय धरापमा परेर मरेपछि आरक्ष क्षेत्रमा अहिले १२ वटा मात्र जंगली हात्ती छन् । आरक्ष प्रशासनले हात्ती नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा स्थानीयले आफूखुसी धराप थापेर हात्तीलाई निशाना बनाउदै आएका हुन ।

साबुन फ्याट्री निर्माणको काम तत्कालका रोक्न अदालतले आदेश दिएपछि डिभिजन वन कार्यालय धरानमा नगरप्रमुख हर्क साम्पाङ राईका सर्मथकहरुले ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा धरानमा बन्न लागेको सावुन ˆयाक्ट्री निर्माणको काम रोक्न डिभिजन बन कार्यालयले हालेको रिट विकास विरोधी भएको उल्लेख छ । धरानमा रोजगारी र उत्पादन उपलब्ध गराई पााउ भन्दै धराने जनता र श्रमदाताका तर्फबाट ज्ञापन पत्र बुझाइएका हो । वनक्षेत्रभित्र सावुन ˆयाक्ट्री निर्माण गरेको भन्दै वन कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो । रिट उपर सुनुवाई गर्दै उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गर्दै धरान उप महानगरका नगरप्रमुख हर्क साम्पाङ राईलाई सावुन ˆयाक्ट्रीको काम रोक्न आदेश दिएको थियो ।

सुनसरी मोरङ्ग सिचाइ आयोजना अर्न्तगत चतरा मुल नहरको मर्मत सुरु भएको छ । यो नहरवाट दुइ जिल्लाका हजारौ हेक्टर खेतीयोग्य जग्गा सिंचित हुने गरेको छ । दुइ जिल्लामा सिचाइ हुने एक मात्र सिचाइको रुपमा रहेको चतरा मुल नहरका विभिन्न स्थानमा रहेको पुल, कलभल्ट, तथा शाखा नहरहरु मर्मत थालिएको सुनसरी मोरगङ्ग सिचाइ योजनाले जनाएको छ । सुनसरी क्षेत्र अन्तर्गत खनार, एकम्वा, कालावन्जर र शाखा नहर सितागंञ्जमा मर्मतको काम अन्तिम चरणमा पुगेको छ । यस्तै मोरङ्ग अन्तर्गत वुढि खोला, वाहुनी,कसेनी लयातका स्थानमा समेत मर्मतको काम भइरहेको छ । नहर मर्मतको काम पुस १५ गते सम्म सक्ने योजना रहेको सिचाई आयोजना कार्यलयले जनाएको छ । सप्तकोशीको चतरावाट मोरङ्गको कसेनी सम्म ५२ किलोमिटर लम्वाइ भएको सुनसरी मोरंग सिचाई आयोजनाको नहरको विभिन्न भाग जिर्ण हुन थालेपछी मर्मत थालिएको हो ।

सप्तकोशी नदीको कोशी ब्यारेजबाट आत्माहत्या गर्नेक्रम बढेपछी सुनसरी प्रहरीले त्यस क्षेत्रमा बिशेष निगरानी बढाएको छ । सुनसरीको भण्टाबारी स्थित कोशी ब्यारेज क्षेत्रबाट आत्महत्या गर्नेक्रम नरोकिएपछी प्रहरीले बिशेष निगरानी बढाएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । पछिल्लो ६ महिनाको अवधीमा कोशी ब्यारेज क्षेत्रबाट तीन जनाको आत्महत्याबट मृत्युभएको छ भने सुनसरी प्रहरीले सो अवधीमा आत्महत्या गर्न लागेका १२ जनाको उद्धार गरेको छ । यसैगरी आत्महत्याको घटना बढ्दै गएपछि सुनसरी प्रहरीले यसको रोकथाम तथा न्युनीकरण अभियान समेत सुरु गरेको छ । बिभिन्न सामाजिक संघसंस्थाहरुको सहयोगमा प्रहरीसागको साझेदारीमा अभियान सुरु गरिएको प्रहरी उपरिक्षक ढकालले बताउनुभयो ।