जिल्ला डायरी

प्यूठान डायरी

- शमशेरविक्रम जीसी प्यूठान

प्यूठानका लघुवित्त पीडितले भोक हडताल सरूगरेका छन् । विभिन्न ५ बुँदे माग राख्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि पछिल्लो तीन दिनयता भोक हडताल जारी राखेका हुन् । चर्को ब्याजदर कमगर्नुपर्ने, लघुवित्त संस्था खारेज गर्नुपर्ने माग राख्दै पीडितहरूले लघुवित्त विरुद्धको संघर्ष समिति गठन गरेर हडताल गरेका हुन् ।

यहि चैत १३ गते परेको अबिरल वर्षासगैँको असिना पानीले अन्न बालीमा क्षति बेहोरेका प्यूठानको गौमुखी गाउँपालिका भित्रका किसानलाई गाउँपालिकाले मकैको बिउ वितरण गरेको छ । गौमुखीगँउापालिका वडा नं १, २ र ३ का २ हजार ८७ जना किसानलाई ७० क्वीन्टल मकैको बिउ वितरण गरिएको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णुकुमार गिरिले बताउनुभयो ।

प्यूठानको माण्डवी गाउँपालिकाले पालिका भित्रका नागरीककालागी सबै वडामा एकीकृत घुम्ती शिबिर सञ्चालन गरेको छ । गाउँपालिकाले वडा वडामा पुगेर सामाजिक सुरक्षा, स्वास्थ्य, पशु सेवा सम्वन्धि सेवा, अपागंता परिचय पत्र बितरण र जेष्ठ नागरीक परिचय पत्र वितरण लगायतका सेवा सो शिविरबाट प्रदान गरिएको गाउँपालिका अध्यक्ष नमराज अधिकारीले जानकारी दिनुभयो । १८ गतेबाट सुरु भएको शिविर गाउँपालिकाका सबै वडामा सञ्चालन गरिएको थियो ।

प्यूठानमा वन डढेलो नियन्त्रण तथा ब्यवस्थापन सम्वन्धि जनचेतनामुलक कार्यक्रम सकिएको छ । गर्मियाममाहुने आगलागीका घटनाबाट जोगिन यहाँको सरूमारानी गाउँपालिकाका विभिन्न सामुदायीक वनहरुमा पुगेर कार्यक्रम गरिएको डिभिजन वन कार्यालय प्यूठानका रेञ्जर हरी पौडेलले जानकारी दिनुभयो । बढि आगलागी हुने सरूमारानी क्षेत्रमा जनचेतना फैलाउन सो कार्यक्रम आयोजना गरिएको वन कार्यालयले जनाएको छ ।