जिल्ला डायरी

धनकुटा डायरी

- विनोद घिमिरे

सरकारले गुरुयोजना अनुसारको बजेट उपलब्ध नगराउादा धनकुटामा नमुना विद्यालय विकास कार्यक्रम अलपत्र बनेको छ । छनौटमा परेका विद्यालयले नमुनाको स्वरुप धारण नगर्दै संघिय सरकारले आफ्नो प्राथमिकताबाट हटाएपछि छनौटमा परेका धनकुटाका पााचवटा विद्यालयको शैक्षिक र पूर्वाधार ब्यवस्थापन अन्यौल बनेको हो । नमुना कार्यक्रममा छनौट भएपछि धनकुटा विद्यालयले शैक्षिक र भौतिक ब्यबस्थापनका लागि ५८ करोड रुपैयाासम्मका गुरु योजना बनाएको थिए । बजेट प्राप्त नभएपछि योजनामा समावेश भवन, प्रविधिमैत्री कक्षा कोठा, खेलमैदान, फनपार्क, पुस्तकालय र संग्रहालय जस्ता योजना योजनामै सिमित छन् ।

स्थानीयले स्वतस्फूर्तरुपमा जग्गा उपलब्ध गराएपछि धनकुटाको बिहीबारे हटिया हुादै तेह्रथुमको म्याङलुङ जोड्ने सडक निर्माणको कामले तिव्रता पाएको छ । आयोजना प्रभावित क्षेत्र धनकुटाको बिहीबारे हटिया–कर्मिटाहार खण्डमा पर्ने ३० भन्दा बढी घर स्थानीयले आफै भत्काएर सडक निर्माणका लागि सजिलो पारेका हुन् । आगामी असार मसान्तभित्र कालोपत्रे सक्ने गरि आयोजनाको बिहीबारे हटिया, कर्मिटाहार, बन्चरे, तेलिया हुादै ताम्लिङ्गसम्मको २३ किलोमिटर खण्डमा बेस, सब बेस, नाला र पर्खाल निर्माणको काम भैरहेको छ ।

धनकुटाका तीनवटा स्थानीयतह चालु शैक्षिक सत्रबाट लागु गर्ने गरी स्थानीय पाठ्यक्रम निर्माणमा जुटेका छन् । धनकुटाको महालक्ष्मी, धनकुटा नगरपालिका र छथरजोरपाटी गाउापालिकाले पाठ्क्रम निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको जनाएका छन् । पाठ्यक्रममा भूगोल, आर्थिक, सामाजिक अबस्था, कृषि, उद्यम, संस्कार–संस्कृती र पर्यटन जस्ता बिषयलाई प्राथमिकतामा राखिएको छथर जोरपाटी गाउापालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिनुभयो ।