आर्थिक

विदेशमा कमाएको पूँजी र ज्ञान सीप उर्जा क्षेत्रमा लगानी गर्न उर्जा मन्त्री पुनको आग्रह 

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

- उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न  विदेशमा रहेका नेपाली समुदायलाई आह्वान गर्नुभएको छ । विश्व उर्जा सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स्को अबुधावी पुग्नुभएका मन्त्री पुनले नेपाली राजदूतावासमा नेपाली समूूदायसँग आयोजित अन्र्तक्रिया कार्यक्रममा उर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै आफ्नो आर्थिक अवस्थाअनुसार लगानी गर्न नेपाली समुुदायका प्रतिनिधिलाई आग्रह गर्नुभएको हो । 

सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेर आकर्षक आयोजना अघि बढाएको जानकारी गराउँदै उहाँले नेपालमा लगानी गरी आफ्नो पूँजी उत्पादनमुलक क्षेत्रमा लगानी गरी प्रतिफल हासिल गर्न आग्रह गर्नुभयो ।  विदेशमा रहेका नेपालीलाई लक्षित गरेर उर्जामन्त्रालयले रेमिट हाईड्रोको सुरुवात गर्ने तयारी गरेको जानकारी दिँदै त्यसमा समेत लगानी गर्न आग्रह गर्नुभयो ।

सम्पुुर्ण जनतालाई जलविद्युतसँग जोड्न सरकारले जनताको जलविद्युत कार्यक्रम समेत सञ्चालनमा ल्याएको भन्दै त्यसमा सहभागी हुन समेत उहाँले नेपाली समुुदायको ध्यानाकर्षण गराउनुभयो ।  मन्त्री पुनले युुएईमा बसेर सिकेको ज्ञान र अनुुभव समेत लिएर देश फर्कन आग्रह गर्नुभयो । 


सरकारले भ्रमण वर्ष २०२० संचालन गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री पुनले २० लाख पर्यटक भित्रयाउन सरकारले पुर्वाधारको तयारी गरिरहेको जानकारी दिनुुभयो । मन्त्री पुनले कार्यक्रममा भन्नुुभयो‘अहिले देशमा राजनीतिक र नितिगत स्थिरता छ, पर्यटक क्षेत्र पनि फस्टाउँदो अवस्थामा छ, त्यसका लागि पूर्वाधार निर्माणको काम पनि भइरहेको छ । भैरहवा र पोखरा एयरपोर्ट पनि चाँडै संचालनमा आँंदैछ । नेपालको अर्थतन्त्रमा ५३ प्रतिशत योगदान सेवा क्षेत्रको छ,यसमा पनि तपाईहरुले पनि लगानी गर्नुहोस् ।’