आर्थिक

दोस्रो दिन पनि घट्यो नेप्से

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

साताको दोस्रो दिन पनि धितोपत्र बजारमा गिरावट आएको छ । बजार परिसूचक नेप्से आज १ दशमलव ३३ अंकले घटेर १ हजार १ सय ३२ दशमलव ४० बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेपनि कारोबार रकममा भने केही सुधार देखिएको छ ।

अघिल्लो दिन ११ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा आज ५ करोड रुपैयाँले वृद्धि भएको छ ।

नेप्सेमा आज १६ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका बैंक, विकास बैंक, जलविद्युत, वित्त र उत्पादन मूलक कम्पनी समूह बाहेक बाँकी समूहको उपसूचक उकालो लागेको छ । 

नेप्सेमा आज कुल १ सय २५ कम्पनीका ३ हजार ४ सय २५ कारोबारबाट ६ लाख ८ हजार ६ सय १ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज प्रभु बैंक लिमिटेडको सबै भन्दा बढी कारोबार भएको छ ।