आर्थिक

सुनको मूल्य ७ सय रुपैयाँले घट्यो

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेर ६९ हजार ९ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको चाँदीको मूल्य आज प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।