आर्थिक

झण्डै २१ अंकले घट्यो नेप्से

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

साताको पहिलो दिन आज धितोपत्र बजारमा झण्डै २१ अंकले ओरालो लागेको छ । बजार परिसूचक नेप्से २० दशमलव ७९ अंकले बढेर १ सय २ सय ७६ दशमलव ६८ अंकमा पुगेको छ ।

 सबै कम्पनी समुहको उपसूचकमा गिरावट आएपछि समग्र बजार प्रभावित बनेको हो । 

आज कुल १ सय ७४ कम्पनीको १२ हजार ७ सय ५० कारोबारबाट ९६ करोड ५० लाख १८ हजार ६ सय ६२ रुपैयाँ बराबरको २६ लाख ६० हजार ३७ कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ ।