आर्थिक

अबदेखि अन्तर बैंक एटीएम कारोबारमा शुल्क लाग्ने

- केएफएम डेस्ककाठमाडौं

आगामी माघ १ गतेदेखि एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम कारोबारमा शुल्क उठाउन बैंक तथा वित्तीय संस्थालाई छुट दिएको हो । 

कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि भन्दै सरकारले गत चैतबाट अन्तर बैंक एटीएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था थियो । शुल्क नलाग्ने व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाले एटीएम व्यवस्थापनमा लापरबाही गर्दै आएका थिए । 

यही कारण न्यूनतम शुल्क उठाउन दिइएको राष्ट्र बैंकले जनाएको छ । अझै पनि मासिक २ वटासम्म अन्तर बैंक एटीएम कारोबार ग्राहकले नि:शुल्क गर्न पाउने छन । दुई वटा सो भन्दा धेरै कारोबारको हकमा प्रति कारोबार २० रुपैयाँसम्म शुल्क उठाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।