आर्थिक

नेपाल-जापान संयुक्त कार्य समितिको बैठक काठमाडौंमा सम्पन्न

काठमाडौं

नेपाल जापान संयुक्त कार्य समितिको बैठकले श्रम समझदारीपत्रमा दुई देशका समसामयिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्दै कामदार लैजाने प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । संयुक्त कार्यसमितिको काठमाडौंमा आज सम्पन्न बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने सम्बन्धमा छलफल गर्दै सो निर्णय गरेको हो ।

 बैठकमा नेपाल सरकारले निर्माण गर्नेुपर्ने कार्यविधि, नेपालमा जापानिज भाषा र सीप परीक्षा उत्र्तीण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीहरुलाई सहजिकरण गर्ने र जापान सरकारले औपचारिक रुपमा नेपालबाट कामदारहरुको बारेमा रोजगारदातासँग समन्वय गर्ने लगायतका विषयमा छलफल भएको थियो । त्यस्तै सुचना प्रवाह सहि र छिटो छरितो बनाउनु पर्ने, कानुनी रुपमा केही कुरा परिवर्तन हुँदा जापान सरकारलाई पनि जानकारी गराउनुपर्ने सहमति बैठकले गरेको छ ।

श्रम मन्त्रालयले तेस्रो पक्षको संलग्नता हुने गरी बनाएको निर्देशिकालाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छैन । बैठकमा छलफल भएको विषयलाई समेटेर नयाँ निर्देशिका र कार्यविधि बनाउनसमेत बाटो खुलेको छ ।

 बैठकमा श्रम मन्त्रालयका सचिव एक नारायण अर्याल लगायतका प्रतिनिधि संलग्न थिए भने जापान सरकारको तर्फबाट सहायक उपमन्त्री  चोतुमो नाकागावाको नेतृत्वमा चार सदस्यीय प्रतिनीधि मण्डलको सहभातिा रहेको थियो । नेपालमा ५ हजार बढी नेपालीहरु जापान जानको लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।