आर्थिक

एकै दिन २ सय २० किलोभोल्टका तीन वटा सबस्टेसन सञ्चालनमा

काठमाडौं

नेपाल विद्युत् प्राधिकरणले एकै दिन २ सय २० किलोभोल्टका तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा, संखुवासभाको तुम्लिङटार र बानेश्वर २ सय २० केभी सबस्टेसनमा सञ्चालनमा ल्याएको हो ।

 प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि प्रदेश नम्बर १ का पहाडी जिल्लाहरुमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको बताउनुभयो । 

२ सय २० केभी प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।