आर्थिक

राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ३० करोड रुपैयाँ बराबरको कारोबार

- अमृता अनमोल

३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्दै बुटवलमा आयोजित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव सकिएको छ । महोत्सवको ७ लाख दर्शकले अवलोकन गरेको आयोजकको दाबी छ । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ रुपन्देही उद्योग संघ र उद्योग परिसंघ लुम्बिनीले महोत्सव आयोजना गरेका थिए । 

बुटवल मण्डपस्थित आधुनिक प्रदर्शनी केन्द्रमा पुस ७ गतेदेखि सुरु महोत्सव आज विशेष कार्यक्रमको आयोजना गरी प्रदर्शनीको समापन गरिएको छ । प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले संघका अग्रजहरुको पहलमा थालिएको औद्योगिक प्रदर्शनी यस क्षेत्रका लागि एक पहिचान र उत्सव बनेको बताउनुभयो ।