आर्थिक

अमलटारीबाट चितवन निकुन्जमा जिप सफारी

- नारायण शर्मापूर्वी नवलपरासी

चितवन निकुन्जले अबदेखि पूर्वी नवलपरासीको अमलटारीबाट सबैका लागि निकुन्जमा प्रबेश खुल्ला गरेको छ । होटल र पर्यटन ब्यबसायीको आग्रहमा निकुन्जभित्र पर्यटक प्रबेश गर्न जिप सफारीका लागि जाने अनुमती दिएको हो । यस अघि त्यहाँका दुई वटा होटलले मात्र त्यस्तो सुबिधा लिँदै आएका थिए । त्यस्तै पूर्वी नवलपरासीका होटल टेम्पल टाइगर र थारु भिलेजले मात्र आफना पाहुना लैजाने अनुमती पाएका थिए । 

अब भने सबै होटल र पर्यटन ब्यवसायीले त्यस्तो सुबिधा पाएका छन । ब्यवसायी मिलेर पालैपालो आ–आफनो होटलमा आउने पर्यटक लैजान पाउने भएका छन । ति दुई होटल बाहेकका अन्य होटल र ब्यबसायीले यसअघि आफना पाहुनालाई निकुन्ज प्रबेश गराउन पाउदैन थिए । यसले साना होटल ब्यबसायी र पर्यटन ब्यवसायीलाई राहत मिलेको छ । निकुन्जले यहि माघ ११ गते निर्णय गरेर त्यहाका सबै होटल र ब्यवसायीले पर्यटकहरुका लागि अमलटारी पोष्टवाट समेत निकुन्ज प्रबेश गर्न पाउने अनुमती दिएको हो ।