आर्थिक

महोत्तरीस्थित एनएमबी बैंकको शाखामा लुटपाट

- केएफएम डेस्कमहोत्तरी

महोत्तरीस्थित एनएमबी बैंकको शाखा कार्यालयमा लुटपाट भएको छ । महोत्तरी गाउँपालिका–२, महोत्तरी बजारस्थित एनएमबी बैंकको शाखामा हिजो मध्यान्ह १२ बजेतिर लुटपाट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करीब ३५ लाख रुपैयाँ लुटेका हुन् ।

लुटिएको रकममा २/३ लाख तलमाथि हुनसक्ने बैंकलाई उदृत गर्दै प्रहरीले जनाएको छ । बैंक लुटेपछि उनीहरु मोटरसाइकलमा भागेका थिए । फरार भएकाको प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लले बताउनुभयो ।