आर्थिक

त्रिवेणीबाट बाल्मिकी आश्रम जाने ट्याक निर्माण हुने

- नारायण शर्मापूर्वी नवलपरासी

त्रिवेणीधामबाट चितवन निकुन्ज भित्र रहेको बाल्मीकी आश्रम जाने बाटो निर्माण हुने भएको छ । त्रिवेणीवाट नारायणी नदीमा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । झोलुंगे पुलबाट नारायणी नदीको किनारै किनार बाल्मीकी आश्रम सम्म जाने पैदलमार्ग निर्माणलकागि गण्डकी प्रदेश सरकारले १५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

त्रिवेणी गजेन्द्रमोक्षधाम क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक झपिन्द्रेश्वर भुसालका अनुसार प्रदेश सरकारबाट प्राप्त रकमवाट त्यहा ढुंगा ओछयाएर पैदलमार्ग बनाइने भएको हो । करिब १६ सय मिटर मार्ग निर्माण भएपछि तिर्थालुहरु नेपाली भूभाग हुदै सोझै बाल्मीकी आश्रम पुग्ने छन । हाल भारतिय बाटो प्रयोग गरेर बाल्मीकी आश्रम जानुपर्ने बाध्यता रहेको छ । नारायणी नदी पारीको चितवन निकुन्ज भित्र रहेको बाल्मीकी आश्रम पुग्ने सडक नभएका कारण त्यहा तिर्थालुहरु पुग्न भारतिय बाटो प्रयोग गर्नपर्ने बाध्यता छ ।

त्रिवेणीधाम गण्डकी प्रदेशको बिनयी त्रिवेणी गाउपालिकामा वडा नम्बर ६ र ७ मा पर्दछ भने बाल्मीकी आश्रम बाग्मती प्रदेश अन्तरगत चितवन निकुन्ज भित्र पर्दछ । त्यहा हालै निर्माण सम्पन्न भएको झोलुंगेपुल तरेर नदी किनारैकिनार पैदलमार्गवाट भक्तजनहरु पुग्ने ब्यबस्था मिलाएपछि बाल्मीकी आश्रममा पर्यटकिय चहलपहल हुने बिश्वास रहेको छ ।

परापुर्वलमा बाल्मीकी ऋषिले तपस्या गरेको स्थललाई बाल्मीकी आश्रम भनिन्छ । त्यहा सीता पाताल गएको, राम सिताका छोरा लव र कुशले अब्वमेग यज्ञ गरेको लगाएतका ऐतिहासिक स्थाल रहेका छन । ट्रयाक निर्माण भएपनि नारायणी नदीमा पुल नभएका कारण गाडि र मोटरसाइकल लैजान मिल्दैन स्थानिय राम सुबेदी भन्छन पैदलयात्रुलाई सुबिधा पुग्छ ।